ताजा समाचार

भारतमा २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिए

एएनआई। भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *