ताजा समाचार

प्रचण्डले भने बेपत्ता परिवारको अभिभावकत्व राज्यले लिनुपर्छ

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तनका क्रममा बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीको जिम्मेवारी भएको बताएका छन । बेपत्ता योद्धाको स्मृति दिवसको सन्र्दभमा आज एक वक्तव्य जारी गर्दै उनले बेपत्ता योद्धाको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता दोहोर्याए ।

अध्यक्ष दाहालले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाको सङ्घर्षका कारण नै आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरण पुगेको बताएका छन। बेपत्ता परिवारको अभिभावकत्व र उनीहरु सन्नतिको शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले बेपत्ता योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *