काठमाडाैं।सिन्धुपाल्चाेककाे सुनकाेसी गाउँपालिकाले काेभिड-१९ नियन्त्रणमा खटिएका कर्मचारी र सम्पूर्ण स्वास्थ्यकर्मीलाई प्राेत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेकाे छ । गाउँपालिकाकाे कार्यपालिका वैठकले काेराेना नियन्त्रणमा खटिएका कर्मचारी र सम्पूर्ण स्वास्थ्यकर्मीलाई खाइपाइ आएकाे ७० प्रतिशत प्राेत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
काेराेनाकाे उपचारमा खटिएका कर्मचारी र सम्पूर्ण स्वास्थ्यकर्मीकाे मृत्यु भएमा ५ लाख रूपैयाँ उपलब्ध गराउने र उनीहरूका सन्तानलाई उच्च शिक्षासम्म निशुल्क अध्ययनका लागि छत्रवृत्ति उपलब्ध गराउने निर्णय गरेकाे छ ।





