ताजा समाचार

नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति

काठमाडौं । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ ।

सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन गर्न अनुमति दिइने भएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।

अधिकांश कर्मचारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्नेगरी सञ्चालनको अनुमति दिन लागिएको उनले बताए ।

निजी कार्यालयहरुलाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि अनुमती दिइने भएको छ, तर उनीहरुले अधिकांश कर्मचारीलाई घरबाटै काम गर्न प्रेरित गर्नुपर्नेछ, उनले भने ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रीय राजधानी दिल्लीमा उपलब्ध मजदुरहरुलाई मात्रै परिचालन गरेर निर्माण कार्यहरु अगाडी बढाउन पनि सकिने जानकारी दिए ।

नियन्त्रित क्षेत्रमा भने यस्ता कुनै पनि गतिविधि गर्न प्रतिवन्ध लगाइएको पनि मुख्यमन्त्री केजरीवालले बताए ।

केन्द्रीय गृह मन्त्रालयले आ आफ्नो क्षेत्रलाई ग्रिन, ओरेन्ज र रेड जोन घोषणा गरेर त्यही अनुसारको लकडाउनलाई कार्यान्वयन गर्न प्रदेश सरकारहरुलाई अधिकार दिएको छ ।

भारतमा अहिले लागु भएको चौथो चरणको देशव्यापी लकडाउनलाई खुकुलो बनाउने केन्द्रीय निर्णय अनुसार कतिपय ठाउँमा अवस्था हेरेर लकडाउनको स्वरुपमा परिवर्तन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *