ताजा समाचार

मायाले दियो स्वास्थ्य सामग्री

सङ्खुवासभा।संखुवासभा जिल्लाको ३ नगरपालिकाको संगम स्थल भएर संचालित १४.९ मेगावाट क्षमताको माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले कोभिड १९ लाई नियन्त्रण गर्ने उदेश्यले थर्मल गनसहित आवश्यक स्वास्थ्य सामग्री एक कार्यक्रमका बीच ३ वटै नगरपालिकाका नगरप्रमुखहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले धर्मदेवी, मादी, चैनपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालयलाई अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । यसै गरी कम्पनीले वराह गुल्म कार्यरत शाखा हुर्पा धर्मदेवी ४, रिभर्स फल्स हाइड्रोपावर,माम्लिङ निर्माण सेवा,स्वयम्वु कन्ट्रक्सन,पविता जियोटेक जे.भी.,इशान कन्ट्रक्सन,मदरल्याण्ड हाइड्रोपावर,चैनपुर स्थित सञ्चारकर्मी सहित विभिन्न संस्थाहरुलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।सर्जिकल मास्क, थर्मल गन, फेस सिल्ड, पिपिई सेट, सेनिटाइजर सहितका सामग्री वितरण गरिएको माया खोला हाइड्रोपावर कम्पनीका प्रशासकीय अधिकृत रमेश कुमार बस्नेतले जानकारी दिए ।

निजी स्तरबाट संचालित माया खोला हाइड्रोपावर कम्पनी धर्मदेवी ४ सङ्खुवासभाले विपत्तिको यस घडीमा मानवको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उदेश्यले यस किसिमको सामग्री वितरण गरिएको हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष विजयमान शेरचनले बताए । आयोजना प्रभावित क्षेत्रमा कार्यरत मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई यस किसिमको स्वास्थ्य सामग्रीले स्वास्थ्य क्षेत्रमा थप सहयोग पुग्ने कार्यकारी अध्यक्ष शेरचनको विश्वास छ ।

 हाइड्रोपावरले यस विपत्तिको घडीमा स्वास्थ्य सामग्री दिएर पु¥याएको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै धर्मदेवी नगरपालिकाका नगरप्रमुख रमेशकुमार जिमीले आफ्नो नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई आजै स्वास्थ्य सामग्री पु¥याउने बताए । यसैगरी मादी नगरपालिकाका नगरप्रमुख विदुरकुमार सुब्बाले सहयोगको प्रशंसा गर्दै देशकै चर्चित शक्तिपीठ राम मन्दिर मादी ६ का लागि कोरोनाबाट बच्न भक्तजनहरुलाई लक्षित गरी हातधुने ५ सय लिटरको हिलट्यांकी समेत राख्न आग्रह गरे । आजै राममन्दिरमा हातधुने प्रयोजनको लागि ५ सय लिटरको हिलट्यांकी उपलब्ध गराइएको समेत हाइड्रोपावरका प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

जिल्लामा आधा दर्जन बढी हाइड्रोपावर निजी स्तरबाट सञ्चालनमा रहेका छन् । सबै हाइड्रोपावरहरुले आ–आफ्नो क्षेत्रमा मजदुरहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित नागरिकहरुलाई यस किसिमको सहयोग गर्न सके कोभिड १९ को यस महामारीमा स्वास्थ्य क्षेत्रमा आंशिक रुपमा भएपनि मलमपट्टी लाग्ने चैनपुर नगरपालिकाकी  उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख मुना श्रेष्ठले बताइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *