काठमाडौं । सोमबार बाँकेमा एकैपटक ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमित भेटिएका छन् । भेरी अस्पतालस्थित प्रयोगशालामा उनीहरुलाई कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । योसँगै संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। तीमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन्। त्यस्तै २ जनाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ भने ३० हजार ७ सय २३ जनाको पीसीआर टेष्ट गरिएकाे ।




