काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीसँग जोडिएका कार्यक्रमसमेत समेटिएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीलाई आपत्ति जनाएका छन् ।
उनीहरूले प्रधानमन्त्री केपी र्शा ओलीलाई पत्र लेखेर नीति तथा कार्यक्रममा एमसिसी समेट्नुको कारण स्पष्ट गर्नसमेत माग गरेका छन् । पत्रको बोधार्थ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, केन्द्रीय सचिवालयका सदस्य र स्थायी कमिटीका सम्पूर्ण सदस्यलाई दिइएको छ । पत्रमा सम्झौताका सम्बन्धमा पार्टीको मार्ग निर्देशनअनुरूप हुनुपर्ने केन्द्रीय कमिटीको निर्देशनविपरीत हुन लागेको त होइन भन्ने आशंका जन्माएको उल्लेख छ ।
‘सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. २११ मा “लप्सीफेदी–रातमाटे–हेटौँडा र लप्सीफेदी–रातमाटे–दमौली–वुटवल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ” भनी नेपाल सरकार र एमसिसीका बीच भएको सम्झौतामा उल्लेखित आयोजना जस्ताको जस्तै उल्लेख गरिएको छ,’ पत्रमा छ, ‘प्रतिनिधिसभामा अनुमोदनका लागि नेपाल सरकारले पेस गरेको उक्त सम्झौताका सम्बन्धमा पार्टीको मार्ग निर्देशनअनुरूप हुनुपर्ने केन्द्रीय कमिटीको निर्देशनविपरीत हुन लागेको त होइन भन्ने आशंका जन्माएको छ ।’
[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/05/Letter-to-Chairman-77-2-4.pdf”]




