काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत सई राजन सिंह भण्डारीले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको खुलासा भएको छ । भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।आयोगले भण्डारीको शैक्षिक प्रमाणपत्र नक्कली प्रमाणित भएसँगै विशेष अदलातमा सोमबार भ्रष्टाचारविरूद्धको मुद्दा दर्ता समेत गरेको छ । आयोगका अनुसार भण्डारीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाइ स्कुल परीक्षाको शैक्षिक योग्यताको झुठ्ठा एवं नक्कली प्रमाणपत्र पेश गरी वढुवा भई लाभ लिएको पुष्टि भएको छ ।
आयोगले सोमबार उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएकोले निज तत्कालीन प्रहरी नायव निरिक्षक राजन सिंह भण्डारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र ऐ। ऐनको दफा २९ को उपदफा ९२०तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।




