ताजा समाचार

चार महिला इन्स्पेक्टरसहित ६० जना डिएसपी बढुवामा सिफारिस

काठमाडौं । सरकारले चार महिला प्रहरी निरीक्षकसहित ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
आइतबार राति बढुवा समितिले उनीहरुको सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन्। भने दोस्रो नम्बरमा इलाका प्रहरी कार्यलय चापाकोट स्याङ्जामा कार्यरत केशव राज पन्त रहेका छन् ।

बढुवा सिफारिस भएकामध्ये पुर्णिमाकुमारी चन्द, शर्मिला गुरुङ, रुपा लाबुङ र चन्चला श्रेष्ठ महिला अधिकृत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *