काठमाडौं । नेपालका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । आइतबार भएको प्रतियोगितामा उनी अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै फाइनल प्रवेश गरेका छन् । उनको उपाधी जित्ने सम्भावना पनि उत्तिकै छ ।
टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।
दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।
साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ । कुनै नेपाली प्रतिस्पर्धी अमेरिकी अाइडल प्रतियाेगिताकाे फाइनल प्रवेश गरेकाे याे पहिलाे पटक हाे ।




