काठमाडौं । काठमाडौंको न्युरोडमा एक पाँच तले घरमा आगलागी भएको छ । आइतबार साँझ न्यूरोडस्थित प्युखाको सो घरमा आगलागी हुँदा घरभित्र रहेको विभिन्न पसलमा आगोलागि भएको छ ।
बिजुलीको तार सर्ट भएर सुरु भएको अनुमान गरिएको छ । काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतको दमकलको सहायतमा नियन्त्रणमा लिइएको छ ।
आगलागीका कारण के कति क्षति पुग्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।




