ताजा समाचार

भारतीय अतिक्रमणको विरुद्ध कांग्रेसद्वारा बाह्रविसेमा विरोध प्रदर्शन

काठमाडौं।भारतद्वारा अतिक्रमित भूमि कालपानी, लिपुलेक र लिम्पियाधुराको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रविसे वजारमा विरोध र्याली निकालेको छ।शनिवार विहान नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बलकृष्ण वस्नेत,महासमिति सदस्य हरिशरण श्रेष्ठलगायतका नेताहरुको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।बिरोध कार्यक्रममा युवा विद्यार्थी  नेताद्वय युधीर पाैडेल,हेमन्त श्रेष्ठ,केशबहादुर तामाङलगायत नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
अविलम्व सीमा समस्या हल गरी भारतद्वारा अतिक्रमित भूमि फिर्त गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको थियो । राष्ट्रियताको विषयलाई उठाएर गरिएको विरोध कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *