ताजा समाचार

नेपाल काेराेना अपडेट : थप ३ जना सङ्क्रमित भेटिए, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का आज थप ३ जना सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रादेशिक अस्पताल भैरहवामा गरेको परीक्षणमा थप संक्रमितको पुष्टि भएको हो ।

नयाँ सङ्क्रमित सबै कपिलवस्तु शिवराज नगरपालिका चन्दौटाको २४, ३४ र ४४ वर्षका पुरुष छन् ।
यसअघि आजै थप ६ जना कोरोना संक्रमित भेटिएका थिए । उनीहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका छन् । सङ्क्रमितमध्ये तीन पुरुष र तीनजना महिला रहेका छन् । मन्त्रालयका अनुसार बर्दिया नार्खुका २८ वर्षीया महिला, सिराहा सखुवाका ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरकी १८ वर्षीया महिला र चितवन गढौलीकी २५ वर्षीया महिला रहेका छन् ।

योसँगै सङ्क्रमितको सङख्या २७६ पुगेको छ । हिजो शुक्रबार १८ जना सङ्क्रमित देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *