काठमाडाैं।शनिबारबार विहन ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । शिनवार विहान ६ जना थपिएसंगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिलामा शनिवार विहान काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
उच्च सतर्कता अपनाएकाे सिरहामा पहिलो पटक संक्रमित भेटिएका छन्।





