ताजा समाचार

काेराेना संक्रमण राेकिएकाे चीनमा थप १५ जना देखियाे संक्रमण

काठमाडाैं । चीनमा पछिल्लो समय कोरोनाभाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् ।

योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ ।

अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ ।

चीनको जिलिन सहरमा यसअघि देखि नै कडाई रुपमा लकडाउन लागु गरिएको छ ।

यसअघि वुहानमा गत हप्ता छ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण फैलिन क्रम नियन्त्रण भएको भनिए पनि फेरी थपिन थालेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *