काठमाडौं । लकडाउनले झापामै अड्केका पुर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई गृह मन्त्रालयले झापाबाट काठमाडौं आउने पास दिएको छ ।
यसअघि उनले अनलाइन पास मागेकोमा सुरुमा झापा प्रशासनले दिएपनि पछि गृहको आदेशमा रद्द गरेपछि सर्वत्र विरोध भएको थियो ।
पास पाएपछि पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् ।
सरकारले लगाएको लकडाउनकोे आदेश पालना गर्ने भन्दै दुई महिना देखि झापाको दमकमै बसेका पूर्व राजा ज्ञानेन्द्र लकडाउन लम्बिएपछि उनी काठमाडौं आउन चाहेका थिए ।
पूर्व राजा ज्ञानेन्द्रले हिमानी कोष मार्फत कोरोना भाइरस संक्रमण राेकथाम तथा उपचार कोषमा दुइ करोड सहयोग गरेका छन् ।




