ताजा समाचार

लकडाउनमा सांगीतिक थाकान मार्दै गायक राजेशपायल

काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनले अधिकाम्सको जीवन शैली फेरिएको छ । यो परिस्थितीबाट हाम्रा सेलिब्रेटी पनि पीडित छन् । उनीहरुको सबै काम अहिले चौपट भएको छ ।त्यसैले पनि उनीहरुले लकडाउनले जीवन तहसनहस बनाएको धारणा राख्दै आएका छन् ।नेपाली सांगीतिक क्षेत्रका गायक राजेशपायल राईले भने यो लकडाउनले आफूलाई केही हदसम्म फाइदा पुर्याएको बताएका छन् ।
‘देश विदेशको सांगीतिक कार्यक्रमको दौडधुपले शरिरका लागि रेष्टको खाचो थियो’ गायक राइले भने ‘लकडाउनले सो अवसर जुर्यायो ।’लकडाउन यता राई अहिले घरमै बसिरहेका छन् । उनी क्यान्डिक्रश गेम खेलेर समेत समय बिताउने गर्दछन् ।‘कोरोनाको कारण धेरै आर्थिक क्षति भएको छ । तर देश बिदेशको कार्यक्रबाट लागेको शारिरिक थकान मेट्ने अवसर पनि मिल्यो’ राइले थपे ।
युरोप लगायतका धेरै देशमा तय भएको आफ्नो कन्सर्ट कोरोनाको कारण रद्द भएको राइले जानकारी दिए ।
बर्षै भरिनै देशविदेशको कार्यक्रममा ब्यस्त रहने राईको नेपाली फिल्म तथा आधुनिक गीतमा समेत धेरै स्वर रहने गर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *