ताजा समाचार

माइतिघर मण्डलाबाट नेविसंघका अध्यक्षासिहत सयभन्दा बढी विद्यार्थी गिरफ्तार, कांग्रेसद्वारा तत्काल रिहा गर्न माग

काठमाडाैंं।लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले  काठमाडौमा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको नेपाली कांग्रेस भत्सर्ना गरेकाे छ । मुख्य सचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्ती जारी गरेर उक्त घटनाकाे भत्सर्ना गरेका हुन । कालापानी लगायत अन्य स्थानमा  भएकाे सीमा अतिक्रमणको बिराेधमा माईतीघर मंडलामा आयोजित बिरोध कार्यक्रमबाट प्रहरीले नेपाल विद्यार्थी संघका अध्यक्षा राजीव ढुंगानसहित एक सयभन्दा बढि विद्यार्थी नेताहरूलाइ गिरफ्तार गरेकाे थियाे ।

प्रहरीले  नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, वलदेव तिम्सिना र यूवराज पाण्डेलगायत एक सय भन्दा बढी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ ।  नेपाली कांग्रेसले गिरफ्तार गरिएका विद्यार्थीहरूलाइ तत्काल  रिहा गर्न माग गरेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *