काठमाडौं।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले काठमाडौंमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका गाउँपालिका भित्रका विपन्न मजदूरलाई राहत उपलब्ध गराएको छ । ज्यालादारी गरेर काठमाडौंमा बस्दै आएका सुनकोसी गाउँपालिकाका सातै वडाका ४५ घर धुरीलाई सोमबार बिहान राहत उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी(विनोद) को निर्देशनमा वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापा, वडा सदस्य रूपकाजी लामा र टपेंद्र दर्नलले काठमाडौं बसोबास गर्ने सुनकोशीबासीलाई राहत वितरण गरेका हुन । कोरोना महामारीपछि गरिएको लकडाउनका कारण दैनिक ज्यालदारी गरेर खाने परिवारलाई समस्या परेकाले सुनकोशी गाउँपालिका घर भई काठमाडौं बसोबास गर्नु हुने सातै वडाका ४५ घर धुरीलाई राहत वितरण गरिएको वडाध्यक्ष रामकुमार थापाले बताए । रहत वितरणमा खटिएका थापाले आगमी दिनहरुमा पनि परिस्थिति हेरेर राहत वितरणको कार्यलाई निरन्तरता दिइने थापाले बताए ।
सुनकोसी गाउँपालिकाले यस अघि पनि उपत्यकामा बस्दै आएका गाउँपालिका भित्रका ज्यालादारी गरेर खाने परिवारलाई राहत उपलब्ध गराएको थियो । आफ्नो घर फर्कन चाहने सुनकोशीबासीलाई काठमाडौबाट बसको व्यवस्था गरेर गाउँ पर्काएको थियो ।





