ताजा समाचार

चिनियाँ र भारतीय सेनाबीच सीमामा झडप

नयाँ दिल्ली । भारतीय र चिनियाँ सेनाबीच सीमा नाकामा झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।

चीन-भारत सीमाको सिक्किम क्षेत्रको नाकु ला पास नजिकै भएको सो भिडन्तमा सात चिनियाँ र पाँच भारतीय सेना घाइते भएका हुन्

स्राेतकाे हवाला दिँदै भारतीय मिडियाले स्थानीय तहमा छलफल गरी विवाद समाधान गरिएको दाबी गरेका छन् । झडपमा दुबै तर्फका करिब १५० सैनिक संलग्न भएकोे बताइएको छ ।
चीन र भारतीय सेनाबीच यसअघि २०१७ मा पनि ठूलो विवाद भएको थियो । विवादीत क्षेत्र लद्दाखको प्याङगोङ तालमा झडप हुँदा गोली समेत चलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *