काठमाडौं । शनिबार उदयपुरको भुल्केमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
भुल्केकी ४३ वर्षीय महिलाको विराटनगरको प्रयोगशालामा गरिएको स्बाब परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।
शनिबार बिहानमात्र भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। संक्रमितलाई अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।




