ताजा समाचार

नेपाली भूमिको रक्षाका निम्त कुटनैतिक पहल  र  आधिकारिक धारणा सार्वजनिक गर्न  तरूण दलले गरायाे सरकारकाे ध्यानाकर्षण  

तरूण दलका अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ  नेपाल एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो भन्ने कुरा  सबैलाई अवगत नै छ । कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सहिय हुदैन ।देश माथि यस प्रकारका गतिविधि जहिले जहिले हुन्छन हरेक पटक नेपाल तरुण दलले सरकारलाई सुसूचित र ध्यानाकर्षण गराउदै आएको छ ।
तरूण दलले भनेकाे छ भारतले गत शुक्रबार नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पुर्याएको छ । यसरी हाम्रो भूमि माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । कुनै पनि मुलुकको सीमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ ।
सरकारको यस्तो प्रकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको सीमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाल भूमिको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षणले सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
Image may contain: text

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *