काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भारतीय ज्यादतीको कडा प्रतिवाद गर्न सरकारकाको ध्यानकर्षण गराएको छ।
नेविसंघले नेपाली भूमिमा भारतीय राजमार्ग निर्माण गरिनु आपत्तिजनक भएको बताएको छ । नेविसंघ अध्यक्ष राजीव ढुंगानले प्रेस विज्ञप्ती जारि गर्दै सीमा अतिक्रमण गर्ने भारतीय कदमको विरोध गरेका छन । भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने वहानामा नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माण कार्य अघि बढाएपछि नेविसंघले आपत्ति जनाएको हो । नेविसंघ अध्यक्ष ढुंगानाले सीमा मिच्ने भारतीय कदमबिरुद्ध आवाज उठाउन सरकारको ध्यानाकर्षण गराएका छन ।
नेविसंघद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ भारत सरकारले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भूभाग लिप ुलेक हुदै सडक निर्माण अघि बढाएको भन्ने समाचारले हामी स्तव्ध भएको नेविसंघले जनाएको छ । केही समय अघि नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतले आफ्नो नक्सामा राखी प्रकाशित गर्नु र अहिले उक्त भू–भाग मै भारतीय राजमार्ग निर्माण गर्नु खेदजनक भएको भन्दै नेविसंघले विरोध जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ आफ्नो सीमा मिचिँदा पनि थाहा नपाए झैँ गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले हामीलाई थप सशंकित बनाएको छ । कतै यही सरकारको साथ र समर्थनमा यस्ता गम्भीर कार्य भइएरहेको त छैन भन्ने अशंका समेत नेविसंघले प्रकट गरेको छ ।
चुनावको समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने यो सरकारको अहिलेको लम्पसारवादी प्रवृत्ति, भारतको मिचाह प्रवृत्तिभन्दा पनि खतरनाक भएको नेविसंघको आरोप छ । नेविसंघले नेपाली जनता समक्ष आफ्नो धारणा तुरुन्त प्रष्ट पार्न सरकारसंग माग गरेको छ ।
उच्च स्तरीय कुटनीतिक पहल गरी उक्त कार्य तुरुन्त रोक्न लगाउन नेपाल सरकारसँग हामी जोडदार माग गरेको छ । चुनावका समयमा राष्ट्रियताका उग्र कुरा गरी जनता झुक्याई भोट लिने, सरकारमा पुगेपछि खुल्लम–खुला सीमा मिचिँदा पनि चुप लागेर बस्ने प्रवृत्तिले यो सरकारको असली अनुहार जनता सामू प्रष्ट छ नेविसंघले भनेको छ कोरोना संक्रमित जनताको जीवन रक्षामा गम्भीर नहुने, नेपाली सीमा मिचिँदा पनि सरकार नबोल्ने सरकार नेपाली जनताको सरकार हुन सक्छ र रु सत्ताको फोहोरी खेल छोडेर जनताको जीवन रक्षा र राष्टको सीमा रक्षामा लाग्न नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझव दिएको छ ।





