ताजा समाचार

थप सात कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । शनिवार थप सात जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाल काठमाडाैं र काेशी अस्पताल विराटनगरमा परिक्षणका क्रममा ७ जनको रिपोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले  जानकारी दिए ।
उदयपुर भुल्केका तीन जना महिल, कपिलवस्तुका तीन जना पुरूष र पर्साकाे छपकैयाँका एक पुरूषाकाे रिपाेट पाेजेटिभ अाएकाे हाे । उदयपुर भुल्केका तीन जना महिलाहरू १८,५४ र ६५ वर्ष उमेर समुहका छन । कपिलवस्तुका तीन जना पुरूष १७ र १८ वर्षका छन भने पर्साका एक पुरूषा ६२ वर्षका छन ।

हला नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।अहिलेसम्म ७८ जना पुरूषा र ३१ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रदेश नम्वर१ मा ३४, प्रदेश नम्वर २ मा ३१,वागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्वर ५ मा २९ जना र प्रदेश ७ मा ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । संक्रमित मध्ये ३० जना उपचारपछि निकाे भएर घर फर्केका छन ।

वैषाखा ११ गते डिस्चार्ज भएका काठमाडाैंका ५८ वर्षिय पुरूषकाे फलाेअपमा रिपाेर्ट पाेजेटिभ आएकाले उनकाे पाटन अस्पतालमा थप उपचार भइरहेकाे छ । वैषाख १४ गते डिस्चाज भएका राैतहटका १९ वर्षिय राैतहटका युवा र  पर्साका ४४ वर्षिय पुरूषकाे पुन: परिक्षण गर्दा पाजेटिभ रिपाेट र उनीहरूकाे नारायणी अस्पतालमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *