ताजा समाचार

अमेरिकी उप–राष्ट्रपति माइक पेन्सकी सहयोगीलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयोगीमा कोरोनाभाइरसको संक्रमण पुष्टी भएकाे छ । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकाे बीबीसीले जनाएकाे छ।

बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगी  पनि कोरोनाभाइरसद्वारा संक्रमित थिए ।

ह्वाइट हाउसले अब दैनिक रुपमा माइक पेन्स र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कोरोना परीक्षण गर्न सुरु गरेको छ ।

ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्नका लागि आवश्यक सावधानी पालना गरेको दाबी गरेको छ ।

अमेरिकामा मृतकको संख्या ७६ हजार पार भएको छ । अर्कोतर्फ अमेरिकाका विभिन्न राज्य क्रमशः खुल्ला हुन थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *