काठमाडौं।संघीय संसद्को बजेट अधिवेशन आज दिउँसो सुरु भएको छ । सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ ।
संसद् सचिवालयका अनुसार बजेट अधिवेशनको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाएपछि प्रमुख प्रतिपक्ष सहित विभिन्न दलका नेताहरूले बैठकलाई सम्बोधन गर्ने छन । राष्ट्रपति भण्डारीले जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन ।
जेठ १३ गते अर्थमन्त्री युवराज खतिवडाले आर्थिक सर्वेक्षण पेस गर्ने र जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने छ ।




