काठमाडौं । पछिल्लो २४ घन्टामा विश्वभर ६ हजार ८ सय ११ जनाका मृत्यु भएको छ भने ९५ हजार ३ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् ।
वल्डोमिटरर्सले बिहिबार बिहान प्रकाशन गरेको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ६४ हजार ८ सय ३७ पुगेको छ। त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख १९ हजार ८ सय ४३ जना पुगेको छ।
मृत्यु हुनेको संख्या अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ७४ हजार ७ सय ९९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा त्यहाँ २ हजार ५ सय २८ जनाको मृत्यु भएको छ । गत साताबाट केही घटेको मृत्युदर अमेरिकामा फेरि बढेको छ । संक्रमितको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख ६३ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ। भने उपचार पछि घर फर्कनेको संख्या पनि अमेरिकामै बढी छ । त्यहाँ अहिलेसम्म२ लाख१२ हजार ९ स ८१ जना उपचारपछि निको भएका छन् भने विश्वभर १२ लाख ९९ हजारले कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरेका छन् ।




