काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य नेता सुन्दर खेबाङले व्यक्तिगत पहलमा पाँचथरको याङ्वरक गाउपालिकाका ५० परिवारलाई राहत वितरण गरेका छन् ।
उनले ५० घरपरिवारलाई ७५० केजि चामल दाल र नुन बितरण गरेका हुन् । पाँचथरमा अगामी दिनमा पनि राहत वितरणलाइ निरन्तरता दिने खेबाङले बताए ।
साथै उनकै सहयोगमा ताप्लेजुङ पाँचथर, इलाम तथा तेह्रथुम भई काठमाडौं बस्दै आएका र लकडाउनले गाउँ फर्कन नसकेका बिद्यार्थीलाई पनि राहत वितरण गरिएको छ । काठमाडौको चाबहिल , किर्तिपुर र जोरपाटी क्षेत्रमा बस्ने विद्यार्थीलाई लक्षित गरी १००० केजि चामल बितरण गरिएको छ ।
कोरोना भाइरसबाट निर्मित यो संकट्को बेला समस्यामा रहेको विद्यार्थीलाई सहयोग गरी परोपकारी कार्यमा संलग्न खेम्बाङलाई विद्यार्थीले धन्यावाद दिएका छन् ।




