उदयपुर । कोरोना भाइरसबाट बच्न सरकारले देशभर लागु गरेको लकडाउनका कारण दैनिक रोजीरोटी गुमेका बिपन्न तथा ज्यालामजदुरी गर्ने घरपरिवारलाई राहत ब्यवस्थापन गर्न बगाहाका बिद्यार्थीहरु सामाजिक हितका लागि अग्रसर देखिएका छन् ।
त्रियुगा नगरपालिका वडा नं.–४ बगाहामा रहेको श्री राष्ट्रिय उच्च माबिमा अध्ययन गरेका पुर्व बिधार्थी संगठन २०६२ ब्याचका देश तथा बिदेशमा रहेका बिधार्थीहरुले राहत संकलन गरी संकलित रकमबाट त्रियुगा नगरपालिका ४ नं. वडा कार्यालय सँग समन्वय गरी सो वडामा रहेको २६ वटा टोल बिकास संस्थाका मार्फत बिपन्न ७० घरपरिवारहरुलाई बितरण गरिएको हो ।
लकडाउनबाट बास्तबिक मारमा परेको घरपरिवारहरुको नामावली स्क्रिनिङ गरी वडा कार्यालय र बिधार्थी संगठनका प्रतिनिधिहरुको संयुक्त सहभागितामा लाभान्वित घरपरिवारहरुको घर–घरमा पुगी राहत सामग्री हस्तान्तरण गरिएको राहत संकलन तथा बितरण समितीका प्रबक्ता अश्विन कार्किले बताएका हुन । बितरण गरिएको राहत प्याकेजमा १५ केजि चामल, खानेतेल, नुन र सोयाविन लगाएतका खाधान्न रहेको थियो ।
कोभिड–१९ को सन्त्रासलाई मध्यनजर गरी राहत बितरण गर्दा सरकारी सम्यन्त्र मार्फत एकद्धारा प्रणालीबाट संभव भएसम्म यसरी नै घर–घरमा गई राहत बितरण गर्दा संक्रमणको जोखिम न्युनिकरण हुनसक्ने, बास्तबिक राहत पाउनुपर्ने ब्यक्तिले पाउने, दोहोरोपना हट्ने भएको हुदाँ वडाअध्यक्ष सुवास निरौलाले बिधार्थाी समाजलाई धन्यबाद ज्ञापन गरेका छन् ।
आगामी दिनहरुमा राष्ट्रिय तथा समाजिकस्तरमा भैपरि आउने जस्ता सकै कसमस्याहरुको समाधानमा सहयोगतथा उदयपुरको सर्वाङिक बिकासका लागि साथ सहयोग र समर्थन गर्दै निरन्तर लागि पर्ने उदेश्यका साथ श्री राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्यन गर्ने २०६२ साल एसएलसी ब्याच बिद्यार्थी एकजुट भई राष्ट्रिय मा.बि.भुतपुर्व बिद्यार्थी संगठन २०६२ निर्माण गरिअगाडी बड्ने उदेश्य एस संगठनको रहेको संगठनका अध्यक्ष शेषराज पराजुलीले जानकारी दिए ।




