ताजा समाचार

कांग्रेसद्वारा डा. महतको संयोजकत्वमा अर्थतन्त्र केन्द्रित बिशेष समिति गठन

काठमाडौं।नेपाली कांग्रेसले ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको छ । बुधवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको हो ।
कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्नका लागि ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।

कांग्रेसले पूर्व अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्य समिति गठन गरेको छ । समितिको सदस्यहरुमा महेश आचार्य,ज्ञानेन्द्रबहादुर कार्की,नारायण खड्का,मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ ,दिपकुमार उपाध्याय छन् । यसैगरी भरत शाह,उदय शमशेर राणा,पृथ्वीराज लिगल, शंकर शमार्, जगदीशचन्द्र पोख्रेल,डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले सदस्य छन ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने मुख्य सचिव पौडेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *