ताजा समाचार

भारतमा भयावह बन्दै कोरोना, एकैदिन २ हजार ९ सय ६३ जनामा देखियाे संक्रमण

एजेन्सी । छिमेकि देश भारतमा एकैदिन १ सय २७ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
योसंगै बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा थप २ हजार ९ सय ६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ ।

जसमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *