ताजा समाचार

संविधानको गम्भीर उल्लंघनः पनौती नगरकाे वडा ७ मा नेवारबाहेक अन्य जातिलाई घरकिनबेच गर्न नपाइने निर्णय

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको एउटा वडाले जातिगत विभेद हुने गरी विवादास्पद निर्णय गरेको छ । पनौती नगरपालिकाको वडा नं ७ ले मंगलबार यस्तो निर्णय गरेको हो ।

उक्त वडाले नेवार जाति बाहेक अन्य जातिकाले घर जग्गा किनबेच गर्न नपाउने निर्णय गरेको छ ।
उक्त वडाका वडाध्यक्ष रामचन्द्र नास्नानीले मंगलबार सूचना जारी गर्दै नेवार जातिबाहेक अन्य जातिहरुलाई घर बेचविखन गर्नका लागि सिफारिस लिन आएमा त्यस्ता घरधनीलाई वडाबाट सेवा प्रवाह नगर्ने जनाएका छन ।
अन्य जातिले घरकिनबेच गरी घरबाटोको मुल्यांकन गर्न आए वडाले सिफारिस नगर्नु भनी स्थानीय भद्रभलाद्यमीले पटक पटक गुनासो गरेको भन्दै वडा अध्यक्षले यस्तो निर्णय गरेका हुन् ।


वडाको यो निर्णयको सामाजिक संजाल लगाएत सर्वत्र विरोध भइरहेको छ । याे नेपालको संविधानले प्रदान गरेको मौलिक हकको ठाडो उल्लंघन हो। नेपालको संविधान २०७२ ले प्रदान गरेको स्वतनत्रताको हक अन्तर्गत नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता प्रदान गरिएको छ, तर उक्त वडाको यो निर्णयले भने संविधानले दिएको मौलिक हक कै गम्भीर उल्लंघन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *