ताजा समाचार

विद्यार्थी भर्ना रोक, अनलाइन कक्षाको नाममा शुल्क नउठाउन निर्देशन

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नलिन सबै निजी तथा सरकारी विद्यालयलाई निर्देशन गरेको छ । सोमबार विद्यालयको नाममा परिपत्र जारी गर्दै कुनै पनि भर्नाको कार्यक्रम नगर्न निर्देशन दिएको हो। शिक्षा मन्त्रालयले सबै कुराको सुक्ष्म मूल्यांकन गरेकोले मन्त्रालयको निर्णयपछि मात्रै भर्ना लिन अनुरोध गरेको छ ।
त्यसैगरी अनलाइन कक्षाको नामा शुल्क नअसुल्न निर्देशन दिएको छ ।
केहि विद्यालयले अनलाइन कक्षाको नाममा बैंक खातामा पैसा जम्मा गर्न भनेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको हो ।

यस्तै माध्यामिक तहसम्मका विद्यालयले एक महिनाको शुल्क नलिन सरकारले पटक पटक दिएको निर्देशन पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
लकडाउनको बेला धेरै निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरिरहेको छन् भने रिजल्ट तथा भर्ना कार्यक्रम पनि सुरु गर्ने बताइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *