काठमाडौं । विश्वभर कोरोना भाइरसको कारण लकडाउन लगाइएको बेला युरोपियन देश स्वीडेनमा खुल्ला छ । त्यहा अहिलेसम्म २६ सय ७९ जनाको ज्यान लिएको छ भने २२ हजार बढी संक्रमित भएको वल्डोमिटरर्सले जनाएको छ । तर पछिल्लो हप्तादेखि त्यहाँ कोरोना संक्रमण घट्दो क्रममा छ ।
यसैबीच स्वीडेनले कोरोना संक्रमण आफ्नो देशमा फैलन नलिन अनौठो उपाय अपनाएको छ ।
दक्षिण स्वीडनको एउटा शहरले वार्षिक महोत्सवको बेला कोरोनाभाइरसको सङ्क्रमण रोक्न परम्परागत उपाय प्रयोग गरेको छ। त्यो हो कुखुराकोे सुली ।
हो स्वीडेनले आफ्नो देशका नागरिकलाई सार्वजानिक स्थलमा भेटघाट हुन नदिन कुखुराको सुली प्रयोग गरेको छ । स्वीडेनको लन्ड स्थित उद्यानहरुमा चाडपर्बको बेला भेला नहुन् भनेर लन्ड नगरले यस्तो अस्वभाविक उपाय अपनाएको हो ।
बीबीसीका अनुसार ति उद्यानहरुका घाँसहरूमा कुखुराकाे सुली राखिने र मानिसहरू त्याे कुखुराको सुली गन्हाएर जम्मा नहुने विश्वासमा यस्तो उपाय अबलम्बन गरिएको हो।
ताजा समाचार




