काठमाडौं ।सधै एक्सनकटमा ब्यस्त रहने अभिनेत्री हुन् करिस्मा मानन्धर । उनको दिनहु सधै सुटिङका नयाँ नौलो लोकेसनमा बित्ने गर्दथ्याे ।
तर, कोरोनाको कारण सरकारले गरेको लकडाउनमा उनी बिगत डेढ महिनादेखि घरको चारकुनामा सिमित रहेकी छिन् । कोरोनासँग टाढा रहने यो राम्रो उपाया भएकोले पनि उनले यो रोजेकी हुन् ।
मिडिया, प्रसंसक लगायतसँग घेरिएर दैनिक चर्चामा रहने उनी अहिलेको परिस्थितीमा निकै दुखी देखिनु पर्ने हो । तर यो परिस्थितीमा उनी खुसी छन् । भन्छिन् ‘अहिलेको परिस्थितले नयाँ कुराको अनुभव गराएकोछ ।’
लकडाउनको कारणले अभिनेत्री करिस्मा करिव २० बर्षपछि घरको काममा समेत फर्किएकी छन् ।
‘हामी कलाकारले बिजी स्याडुलका कारण आफुलाई बिर्सिसकेका थियौ । किनभने अहिले म जुन काम गरिरहेकी छु । त्यो काम नगरेको करिब २० बर्ष भएको थियो’ उनले भनिन् ‘हामी जुन ठाउँबाट फड्र्काे मारेका थियौ । हामीलाई त्यही ठाउँमा ल्याएर उभ्याएको छ ।’
यो लकडाउन उनले दुई स्थान (गोदावरी र बुढानिलकन्ठ)मा बिताइरहेकी छन् । लकडाउनमा फुर्सद भएकोले पनि अहिले उनी घरको काम सबै गर्दछिन् । त्यसैले पनि बिहानदेखि साँझसम्मै उनी बीजी हुन्छिन् । खाना बनाउने, लुगा धुनेदेखि भाडा माज्नेसम्म उनको अहिले दैनिकी बनेको छ ।
समय मिलाएर एक्सरसाइज गर्ने, किताव पढ्ने, देश विदेशका समाचार हेर्ने र समाजिक संजाल चलाउन पनि उनी भ्याउछिन् ।उनलाई थाहा छ लकडाउन खुल्ने बितिकै कलेजको परिक्षा हुन्छ । तर पनि उनी घरको कामले अध्यायनमा ध्यान दिन सकेकी छैनन् ।देशमा के भइरहेको छ । घर बाहिर, देश बाहिरको अवस्था के छ भन्ने बुझ्न उनी किताव भन्दापनि बढी समाचारको फलो गर्दछिन् ।
यो समय उनी धेरै फिल्म हेछिन् । त्यसमा पुराना, नयाँ, हिन्दी, नेपाली, अंग्रेजी सबै प्रकारका पर्दछन् । अहिले दिनको २, ३ वटासम्म फिल्म हेर्ने गरेको उनले बताइन् ।‘यो लकडाउनमा मैले पहिलो त मानिसको महत्व बुझे । स्टाफह?को काम, महत्व, ब्यस्तता र थकान जाने’ करिस्माले अगाडि थपिन् ‘श्रीमान् बिनोद जिले दिएको माया, उहाँको काम सबैको महसुस भयो ।’
बुढाबुढीह?का लागि घरमा बुढ्यौलीका समय कति कठिन हुँदो रहेछ समेत अहिले उनले महसुस गरेकी छन् । बिजी श्याडुलका कारण आफु र आफन्तको बारेमा सोच्न, समय दिन नभ्याएकाको लागि कोरोना समय दिएको उनी बताउँछिन् ।
यो परिस्थितीमा सबैजना सचेत हौ, सुरक्षित बसौ र अ?लाई पनि सुरक्षित हुन मद्दत गरौ उनले अहिले सन्देश दिने गर्दछिन् ।




