ताजा समाचार

नेकपा सचिवालय बैठक साढे ५ बजे   

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिए।
यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *