ताजा समाचार

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष राहत लिएर कोठामै पुगे

काठमाडौं।सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसी(विनोद) र वडानम्वर ६ का वडाध्यक्ष रामकुमार थापा राहत लिएर जनताको घरदैलोमा पुग्ने गरेका छन ।
सुनकोशी गाउँपालिका घर भई हाल भक्तपुरको दुधपाटी बस्दै आएका मानबहादुर सुनवारको कोठामा पुगेर उनीहरुले राहत हस्तान्तरण गरेका हुन ।
मिर्गौला रोगबाट पीडित सुनवारलाई १५ हजार नगद र खद्ययन्न हस्तान्तरण गरेका छन ।
लकडाउनका कारण कस्टकर जीवन विताईरहेका
न्युन आय भएका व्यक्ति, मजदुर र दीर्घ रोगीहरुलाई सुनकोसी गाउँपालिकाले राहत उपलब्ध गराउदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *