ताजा समाचार

मरेको हल्ला गरिएपछि सार्वजानिक कार्यक्रममा देखिए उत्तर कोरियाली नेता किम

एजेन्सी । मिडियामा गम्भीर बिरामी परेका वा मृत्यु नै भएका भनि हल्ला गरिएका उत्तर कोरियाली नेता किम जोङ उन सार्वजानिक कार्यक्रममा देखिएका छन् ।
गत अप्रिल ११ तारिख देखि कुनै पनि सार्वजानिक कार्यक्रममा नदेखिएका नेता किम २० दिन पछि शनिबार एक रसायनिक मल उद्योगको निर्माण समापन कार्यक्रममा किम सहभागी भएको उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै योनापले जनाएको छ।
प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको उक्त उद्योगमा उद्घाटनका क्रममा उनका विभिन्न पोजमा तस्वीरहरु सार्वजानिक भएका छन् । उनले रिबन काट्दै गरेको, हिड्दै गरेको अधिकारीहरुसँग कुराकानी गर्दै हाँसेका तस्वीरहरु उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले प्रमुख प्राथमिकताको साथ छापेको छ ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो । सो दिनमा पनि किम कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए। मिडियाले किमकाे बहिनी किम याे जाेङलाइ भावी नेताकाे रूपमा समेत प्रस्तुत गर्न थालेकाे थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *