ताजा समाचार

काेराेना फैलाएकाे भन्दै तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान

एजेन्सी । भारतमा काेराेना भाईरसको महामारी फैलाएको आरोपमा भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान गरिएको छ ।

उनीहरुलाई १४ दिनसम्म क्वोरेन्टाइनमा राखेपछि जेल चलान गरिएको हो । जेल चलान गरिएकाहरुमा २ जना भारतीयसहित ९ जना थाइ नागरिक छन् । उनीहरु मध्ये १ जनामा कोरोना संक्रमण देखिएको थियो ।

उनी पनि उपचार पछि निको भएका छन् । ११ जना ती जमातीहरु उत्तर प्रदेशको एक मदरसामा लुकेर रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतमा अहिलेसम्म १२ सय २३ जनाकाे काेराेनाकाे कारणबाट मृत्यु भएकाे छ भने ३७ हजार २  सय ५७ जनामा संक्रमण देखिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *