काठमाडौं। नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले मजदुरुहरुलाई राहत वितरण गरेका छन । सभापति बस्नेतले १३१ औं अन्तर्राष्टिय श्रमिक(मजदुर) दिवसको अवसरमा दुई दर्जन भन्दा बढी मजदुरलाई राहत वितरण गरेका हुन । नेपाल टेड युनिय कांग्रेसका सचिव हरिचन्द्र खड्का र भन्सार तथा विमानस्थल श्रमिक संघ सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष सर्मित घिमिरेको समन्वयात्म उपस्थितिमा सभापति बस्नेतले रहात वितरण गरेका हुन ।

दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई उपभोग्य सामाग्री राहतस्वरुप वितरण गरिएको थियो । लकडाउनले मजदुरहरुको रोजिरोटि खोसिएको अवस्थामा सभापति बस्नेतले दुई पटक मजदुरहरुलाई राहत उपलब्ध गराइसकेका छन । सरकारले मजदुरहरुलाई राहत उपलब्ध नगराए पनि बस्नेतले मजदुरको चुल्हो बाल्ने अवस्थाको सिर्जना गर्दै आएका छन ।
मजदुरहरुसंगको ऐतिहासिक एवं सुमधुर सम्वन्ध रहेको नेपाली कांग्रेसले मजदुरको हक हितका पक्षमा निरन्तर उभिदै आएको छ ।





