काठमाडौं । राेजगारी लगाएत विभिन्न कारणले बहराइनमा रहेका नेपालीमा दिनानुदिन काेराेना संक्रमण बढिरहेकाे छ र र बिहिबार मात्र थप ३१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको त्यहाँ स्थित नेपाली राजदुतावासले जनाएकाे छ। योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको छ ।
यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ। यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।





