गाईघाट।त्रियुगा नगरपालिका-३ भुल्के सहित समग्र जिल्लामा कोरोना भाइरसको जोखिमकम हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख मोहन सुवेदी भुल्केसहित ६ र चौदण्डीगढी नगरपालिकासहितका दुई स्थानबाट सङ्कलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। उनले कोरोनो परीक्षण जारी रहेको बताए। सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जिल्लामा अब कोरोना वृद्धि पहिलो चरणको जस्तो नहुने र अवस्था विस्तारै सामान्य हुँदै गएको जानकारी दिए ।
जिल्लामा ४११ क्वारेन्टाइन रहेका छन् । २३५ जना ती क्वारेन्टाइन र केही होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।




