मुम्बई । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको बिहिबार बिहान मुंबईको गिरगाउँ स्थित सर एचएन रिलायन्स फाउंडेशन अस्पतालमा निधन भएको हो ।
६७ बर्षका कपुर उपचारका लागि अस्पताल भर्ना भएका थिए । न्युयोर्कमा एकवर्ष लामो क्यान्सर उपचार पछि सेप्टेम्बर २०१९ मा भारत फकिएका उनको २०१८ मा क्यान्सर पत्ता लागेको थियो ।
बुधवार साँझ अचानक स्वस्थ्य बिग्रिएपछि उनलाई सास फेर्न गाह्रो भएको कारण अस्पताल भर्ना गरिएको थियो
ऋषि एक महिना अघिदेखि सामाजिक संजालमा सक्रिय सक्रिय थिएन् । २ अप्रिल पछि उनले ट्विटर अकाउण्टमा केहि पनि पोस्ट गरेका छैन् । उनले दीपिका पादुकोणको साथमा हलिउड फिल्म ‘द इन्टर्न’ रिमेकमा काम गर्ने घोषणा गरेका थिए ।




