ताजा समाचार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि हुरेकद्वारा लुंग्रीमा सहयोग

 रोल्पा ।कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मानवअधिकार सचेतन केन्द (हुरेक) रोल्पाले लुंग्री गाउँपालिकाको विभिन्न क्षेत्रमा ५ लाख ६० हजार बरावरको सहयोग गरेको छ ।

स्ट्रोम फाउण्डेशनको साझेदारीमा रहेको दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सीड्स) कार्यक्रम मार्फत सहयोग गरिएको सीड्स कार्यक्रमका संयोजक सुन्दर पोख्रेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकालाई क्वारेन्टाईन व्यवस्थापनको लागि २ लाख बरावर सहयोग गरेको छ भने ३ लाख ६० हजार बरावरको विभिन्न गतिविधिमार्फत सहयोग कार्यक्रम अगाडि बढाई रहेको छ । जस अन्तर्गत लुंग्री गाउँपालिकाको वडा नं. १, २, ३, र ४ का समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न सामग्री वितरण गरिरहेको छ ।

संवाद केन्द्रका किशोरी तथा किशोरको नेतृत्वमा हातधुने सिकाई, सचेतनामूलक पर्चा पम्पलेटको प्रचार प्रसार तथा टाँस गर्ने काम भइरहेको छ । विभिन्न चोक तथा टोलटोलमा मास्क तथा साबुन सहित पानी ट्याङ्की वितरण गरिएको छ । लक डाउन अवधि तथा त्यसपछि विभिन्न गतिविधिहरु संचालन गरी संस्थाले स्थानीय सरकारलाई सचेतनामूलक कार्यक्रमहरु मार्फत सहयोग गर्दै आएको स्थानीय युवाहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *