ताजा समाचार

ओली पक्षका सांसद वालुवाटारमा भेला हुँदा माधव नेपाल भने भिडियो कन्फ्रेन्समा व्यस्त

 काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार दुई घन्टा भिडिओ कन्फ्रेन्समा व्यस्त भएका छन् । चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा उनी व्यस्त भएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली पक्षका सांसदहरूको भेला र हस्ताक्षर संकलन चलिरहेका वेला नेपाल भने चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओसहितसँग भिडिओ कन्फ्रेन्समा व्यस्त भएको उनको स्वकीय सचिव मोहन गौतमले बताए । यद्यपि, अध्यक्ष प्रचण्ड र नेपाल पक्षधर नेताहरूले पनि सांसदहरूलाई संगठित गर्ने प्रयास गरिरहेका छन् ।
नेपालका स्वकीय सचिव गौतमले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस (कोभिड– १९) को सामना र सहकार्यबारे वरिष्ठ नेता नेपालसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पार्टीका ६ प्रदेशका इन्चार्ज र चिकित्सकहरूले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा वैज्ञानिकसहितसँग दुई घन्टा लामो भिडिओ कन्फ्रेन्स गरेको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *