काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा पनि देखिएकी छन् । उनी ‘जय शम्भु’ नामक भोजपुरी फिल्म देखिएकी हुन् ।
सोनु खत्रीको निर्माण र निर्देशन रहेको फिल्म अहिले टिजर सार्वजनिक गरिएको छ । जसमा उनी भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु)सँगको रोमान्समा देखिएकी छिन् ।
पछिल्लो समय निर्माता छविराज ओझासँग बिवाह गरेपछि बहुबिवाहको झमेलामा फसेकी शिल्पाले थुप्रै नेपाली फिल्म अभिनय गरेकी छन् ।
म्युजिक भिडियोमा पनि धेरै देखिने शिल्पाको ‘जय शम्भु’ भोजपुरीमा डेब्यु फिल्म हो । फिल्मको छायाँकन नेपालमै भएको बताइएको छ ।
काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्धा चलिरहेको समयमा शिल्पा हराएकी थिइन् । सोही समय उनले यो फिल्मको छायाँंकन सकाएको बताइएको छ ।
फिल्मको टिजर समेत शेयर गर्दै शिल्पाले फिल्म रिलिजको लागि आफु उत्साहित रहेको बताएकी छन् ।




