ताजा समाचार

थप दुईमा सङ्क्रमण, ५४ पुगे सङ्क्रमित   

काठमाडौँ। कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् ।

सङ्क्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए। सङ्क्रमितको नजीक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *