सङ्खुवासभा। लामो समयदेखि देश लक डाउन भएपछि समस्यामा परेका आफ्ना नागरिकलाई संखुवासभाका स्थानीय तहले घर फर्काउन शुरु गरेका छन् ।
नोवल कोराना भाईरसको संत्रासका कारण सरकारले लकडाउन घोषणा गरेको लामो समय बितिसक्दा पनि लकडाउन खुल्ने कुनै संकेत नदेखिएपछि खान र बस्न उनिहरुलाइ संकट हुन थालेपछि आफ्ना क्षेत्रका नेता र स्थानीय तहलाई दवाव दिन थालेकाले आ–आफ्ना नागरिकलाई गृह जिल्ला फर्काउने पहल शुरु गरिएको पाँचखपन नगरपालीकाका प्रमुख बिपिन राईले जानकारी दिए । नगरप्रमुख राईका अनुसार लामो समयको लक डाउनका कारण अन्यत्र जिल्लामा समस्याग्रस्त अवस्थामा रहेका पाँचखपन बासिको लगत संकलन भैरहेको भन्दै सकेसम्म जुन ठाउँमा रहेका छन् बिपन्नलाई उक्त ठाउँमै राहतको ब्यवस्था मिलाउन आवश्यक छलफल भैरहेको समेत नगरप्रमुख राईले जानकारी दिए।
संखुवासभाबाट बिभिन्न पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा काठमाण्डौमा बस्दै आएका नागरिकहरुको जनजीवन दिनप्रतिदिन झनझन कष्टकर बनेको भन्दै आफुहरुलाई घर फर्कने ब्यवस्था मिलाईदिन अनुरोध गरेकाले सम्वन्धीत निकाय संगको समन्वयमा पूर्ण सचेतताका साथ उनिहरुलाई घर फर्काउने पहल शुरु गरिएको हो । काँग्रेस नेता तथा पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले जिल्लाका २ सय ५० बढी नागरिकहरुलाई २ दिन अघिबाट गाडी रिजर्भ गरेर वहाँकै आर्थिक सहयोगमा सङ्खुवासभा ल्याउने काम भएको समेत नगरप्रमुख राईले जानकारी दिए ।
शनिवार र आइतवार गरी आधा दर्जन बसमा करिव २ सय ५० माथि संखुवासभा वासीलाई स्वास्थ्य जाँच गरि शुरक्षित बिधि अपनाएर घर पठाईएको समेत पूर्व राज्य मन्त्री खड्काले जानकारी दिए । संखुवासभाका शिलिचोङ्, धर्मदेवी र पाँचखपन नगरपालीकाले अन्य जिल्लामा अप्ठेरोमा परेका आफ्ना जिल्लाबासिलार्ई घर फर्काउने, घर फर्काईएकालाई अनिवार्य क्वारेण्टाईममा राख्ने शर्त सहित नागरिकलाई घर फर्काउन शुरु गरिएको जनाएको छ । यसैगरी चैनपुर नगरपालिकाले काठमाडौँबाट हिजो चैनपुर आइपुगेका ५० बढी आप्mना नगरवासीहरुलाई क्वारेन्टाइममा राखेर सुरक्षितसाथ आवासको व्यवस्था मिलाइएको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए ।
चैनपुर नगरपालिका वडा नं. १ नुनढाकी स्थित सिंहदेवी माविको भवनमा ३६ जना नागरिकहरुलाई क्वारेन्टाइममा राखिएको छ । १० वर्ष मुनिका १० जना र २२ महिनाको बालक सहित साउदीबाट काठमाडौँ आई बसेका नागरिक सहित ३६ जनालाई आजै चैनपुर नगरस्वास्थ्य शाखाको पहलमा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरी सुरक्षितसाथ राखिएको नगर स्वास्थ्य शाखाका कर्मचारी हिमाल ढकालले जानकारी दिए। क्वारेन्टाइममा बस्ने मध्येका निमा फुङ्जु भोटेले आपूmहरु काठमाडौँबाट लकडाउनको ठूलो चपेटामा परेर गाउँ फर्कन मद्दत पु¥याउने पूर्व राज्यमन्त्री दिपक खड्कालाई मुक्त कण्ठले प्रशंसा गर्दै नेपाल सरकारले आपूmहरुको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँमा क्वारेन्टाइममा राखेकोमा समेत खुशी प्रकट गर्दै आपूmहरु क्वारेन्टाइम अवधिभर चैनपुर नगरपालिकाले राखेको स्थानमा सुरक्षितसाथ रहने प्रतिवद्धता समेत जनाइन । यसैगरी चैनपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष लोकबहादुर श्रेष्ठका अनुसार आप्mनो वडाका नागरिकहरुलाई सुरक्षितसाथ राख्न र आवास सहित अन्य व्यवस्थापन गर्न वडा सरकार हरदम तयार रहेको बताउदै यस विद्यालयमा रहेका ३६ जना र अन्य होम क्वारेन्टाइममा राखिएका ३ जना वडावासीलाई सुरक्षित राख्न नगर सरकार प्रतिवद्ध रहेको समेत जानकारी दिए ।
आधा दर्जन स्वास्थ्यकर्मी सहितको चेकजाँचपछि सुरक्षितसाथ क्वारेन्टाइममा राखिएको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरका अहेव कुमार भण्डारीले बताए। क्वारेन्टाइममा राखिएका सबैको खानपान तयार गर्नका लागि सुरक्षितसाथ गर्नम स्थानीय महिलाहरु र सिंहदेवी माविका शिक्षकहरुको अगुवाइमा क्वारेन्टाइममा राखिएको सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अञ्जना लिम्बूले जानकारी दिइन। क्वारेन्टाइम एरियामा कडा सुरक्षाका साथ नुनढाकी स्वास्थ्य चौकीका प्रमुख सहित नुनढाकी प्रहरी चौकीको निगरानीमा उनीहरुलाई क्वारेन्टाइममा राखिएको समेत वडा अध्यक्ष लोकबहादुर श्रेष्ठले जानकारी दिए । यसैगरी सङ्खुवासभा बहुमुखी क्याम्पसमा काठमाडौँबाट आएका ६ जनालाई क्वारेन्टाइममा राखिएको चैनपुर नगरस्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी धर्मदेवी नगरपालिका भित्र समेत काठमाडौँबाट आएका ५० बढी मानिसलाई होम क्वारेन्टाइममा राखेर घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिएको समेत नगरप्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो । यसैगरी पाँचखपन नगरपालिकाले समेत काठमाडौँबाट आप्mनो नगरका २७ जना नगरवासीलाई होम क्वारेन्टाइममा राखेको छ ।
संखुवासभाका राजनितिक दल नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेपाली काँग्रेस र समाजबादी पार्टीले गत बैसाख १२ गते संयुक्त प्रेश बिज्ञप्ती जारी गर्दै जिल्ला बाहिर अलपत्र परेका नागरिकहरुलाई जिल्ला आउनै पर्ने परिस्थीतिमा रहेका आफ्ना नागरिकलाई घर फर्काई क्वारेण्टाईनमा राख्ने ब्यवस्था मिलाउन जिल्लाका १० वटै स्थानीय तहलाई आग्रह गरेका थिए । उसोत काठमाडौँबाट जिल्लावासी नागरिकहरुलाई लिएर आएको गाडी फर्कने क्रममा तेह्रथुमको चित्रेमा हिजोसाँझदेखि आज अवेरसम्म त्यहाँको सुरक्षा निकायले जानमा रोक लगाएपछि अप्ठ्यारोमा परेर घर फर्किका मजदुर र काजक्रियामा सहभागि भएर फर्किएका नागरिकहरुसमेत गाडी रोकिएसँगै बाटैमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षितसाथ जान जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरुले सुरक्षितसाथ जान बैशाख १७ गते सम्मका लागि पास जारी गरेर गन्तव्य तर्फ गएपनि ३० बढी नागरिकहरु बाटैमा अलपत्र परेका छन् ।




