ताजा समाचार

वहालवाला दुई सांसद र पूर्वआईजीपीविरूद्ध जाहेरी दर्ता गर्न वकिल कार्यालय पुगे जसपाका नेता

काठमाडौं । प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा.सुरेन्द्र यादव सहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिन पुगेका छन् । 

कानुन व्यवसायीको रायअनुसार उनी मंगलबार सरकारी वकिल कार्यालय पुगेका हुन् । नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए ।

तर, काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । अहिले पनि डा. बाबुराम भट्राइसहितका नेताहरु सरकारी वकिलको कार्यालय बबरमहलमा पुगेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *