काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसे बजारमा नेपाली कांग्रेसले सरकारको विरोधमा राके जुलुुस निकालेको छ ।
भ्रष्टाचार अपहरजस्ता घटनमा संलग्नलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ सिन्धुपाल्चोकले राके जुलुस निकालेको हो ।

क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्वमा बाह्रविसे बजारमा निकालिएको राके जुलुसमा सयौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
सामाजिक दूरी कायमा गरि बाह्रविसे बजारमा राके जुलुस निकालेर कांग्रेसले काण्डै काण्डमा फसेको सरकारको विरोध गरेको थियो ।
सेक्युरिटि प्रेस खरिद प्रकरण,स्वास्थ्य सामाग्री खरिद काण्ड र सांसद अपहरण प्रकारणमा संलग्नलाई कारवाहीको माग गर्दै राके जुलुसमा सहभागीहरुले सरकार विरुद्ध चर्को नारावजी समेत गरेका थिए ।





